बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै घरमा आगो लगाएको आरोपमा एकजना पक्राउ

शनिबार, ३२ साउन २०७६, २० : ५०
शनिबार, ३२ साउन २०७६

रौतहट । आफ्नै घरमा आगलागी गरेको आरोपमा रौतहटस्थित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलका अजय कुमार यादवको श्रीमती २९ वर्षीया बिजमा भनिने रिंकु देवी यादव आगो लगाएको  आरोपमा पक्राउ परेकी हुन् ।

रिंकु देवी यादव हाल इलाका प्रहरी कार्यालय देवाही गोनाहीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्री पौडेलेले जानकारी दिए । 

रिंकु देवीका श्रीमान अजय यादव र ससुरा लालबाबु यादवले बुहारीले घरमा आगो लगाएको दावी गरेपनि अनुसन्धानपछि मात्र वास्तविक घटना बाहिर आउने प्रहरी निरीक्षक पौडेलले बताए । 

घटना विवरण अनुसार देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलका लालबाबु यादवको घरमा आज दिउँसो ३ः३० बजे अचानक आगलागि भएको थियो ।

आगलागीबाट यादवको खरको छाना भएको घर पुर्णरुपमा जलेर नष्ट हुनुका साथै छिमेकी मंगनी यादवको घर समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट दुवै घरमा गरी ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

मंगनी यादवको घरबाट सल्किएर अर्का छिमेकी दशैं साहको घरमा समेत आगलागी लाग्दा ईलाका प्रहरी कार्यालय देवाही गोनाही, सशस्त्र बेश क्याम्प देवाहीको सक्रियता र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि घरायसी विवादका कारण आगलागीकी आरोपी महिला रिंकु देवी अधिकांश समय बृन्दाबन नगरपालिका अन्तरगत नरकटियास्थित माइती घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप