मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : बाबुराम भट्टराई

शनिबार, ३२ साउन २०७६, २० : २५
शनिबार, ३२ साउन २०७६

गोरखा । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताएका छन् । 

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उनले  सो कुरा बताएका हुन् । 

‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, उहाँले भने, ‘कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’ 

अध्यक्ष डा. भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताए । 

उनले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामुहिकता सहितको समाजबाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे । 

उनले बिचारलाई कार्यान्वयन गर्ने आधार संधीयता हो भन्दै यसले मात्र सवै बर्ग, क्षेत्र, लिङग् तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका सांसद डा. भट्टराईले उत्पादन बृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राखे । 

उत्पादनमा बृद्धि भएमात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यहि मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक सम्बृद्धि हुन नसक्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप