शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होटल परिसरमा युवकको मृत्यु, बाथरुममा रगतको आहाल

शनिबार, ३२ साउन २०७६, १९ : ०९
शनिबार, ३२ साउन २०७६

दोलखा । दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएको युवकको  मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी  उपचारार्थ चरिकोट प्रस्थापित अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय दोलखाले जनाएको छ ।
 
बस्नेतलाई दुई÷तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेऊबाट करीब एक किलोमिटर टाढा लगी हतियारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

रिसोर्टमा बास बस्ने विदेशी नागरिकले हल्लाखल्ला र चित्कार सुनेको होटलवालालाई सुनाएपछि होटलवालाले प्रहरीलाई खबर गरेको थिए । 

सडकको छेउमा एउटा जुत्ता र सट भेटिएको र  रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्तामा रगतको आहाल रहेको प्रहरीले जनाएको छ ।

मृतक बोलेरो चालक हुन् । अनुसन्धानका लागि उनका साथीलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनको शव चरिकोटस्थित शवगृहमा राखिएको छ ।
  
खोलाले बगाउँदा एक युवक बेपत्ता
  
दोलखाको कालिञ्चोक गाउँपालिका–२ स्यारावाराङस्थित कालिञ्चोक खोलाले बगाउँदा आज एक युवक बेपत्ता भएका छन् । 

कालिञ्चोकखोलामा माछा मार्ने क्रममा डुबेर ३१ वर्षीय राजु थामी बेपत्ता भएको प्रहरी नायब निरीक्षक सेते तामाङले बताए । 

युवक बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले खोजी जारी राखेको तर हालसम्म फेला पार्न सकेको  छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप