नेपाल र भारत सीमा क्षेत्रका स्तम्भ किन हराउँदैछ बर्सेनी ?
आइतबार, २९ साउन २०७४, ०६ : ५१
१
नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्सेनी हराउँदै जान थालेका छन् ।
जिल्लाको मानखोला पुर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्निया मुख्य पिलर नं. ९८ सम्मा पर्ने ८२ किलोमटिरभित्र पर्ने पिलर बर्षेनी हराउने गरेको पुष्टि भएको छ ।
यस बर्ष गुलरिया नगरपालिका १० महजिदियास्थित गाडिएको पाँच वटा सहायक स्तम्भ केहि दिनदेखि अघि हराएको छ ।
बसेर्नी सीमा स्तम्भ गायब हुने गरेको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताए ।
नदी तटीयक्षेत्रका सीमा स्तम्भ बाढी बगाउने प्रशासनले औँल्याए पनि अन्य सीमा स्तम्भ हाउने कारण पुष्टि हुन सकेको छैन ।, यो खबर आजको नागरिकमा छ ।