युक्रेनको एक होटेलमा आगलागी, आठको मृत्यु
शनिबार, ३२ साउन २०७६, १८ : १७
किभ । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।
देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १ः३५ मा सो आगलागी शुरु भएको थियो ।
आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका सरकारी अपतकालिन सेवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आगलागीपछि सो इलाकाबाट १ सय ५० व्यक्तिलाई अन्यत्र सारिएको जनाइएको छ । करिब करिब ६५ जना अग्नि नियन्त्रक तथा १३ दमकलले निरन्तर तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु