बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डा हेमराज शर्माको एनआरएन महासचिवमा उम्मेदवारी घोषणा

शनिबार, ३२ साउन २०७६, १६ : ०८
शनिबार, ३२ साउन २०७६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार  डा। हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रजहरुको आग्रह र अनुभवी व्यक्तिको आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको  भौतिकशास्त्री समेत रहेका शर्माले बताए ।

‘अहिलेसम्म मैले बाहिर बसेरै काम गरेर देखाएँ। अहिले संस्थालाई मजस्ता अनुभवी व्यक्तिको आवश्यकता महशुस भइरहेकाले चुनाबी मैदानमा जाने निर्णय गरेको छु’ उनले भने ।

‘मैले धेरै सोचविचार गरेर नै महासचिव पदमा उठ्ने निर्णय गरेको हुँ । म भन्दा दक्ष साथीहरु महासचिवको लागि मैदानमा आउनुहुन्छ भने सम्वाद गर्न सकिन्छ, अन्यथा मैदानबाट हट्ने कुरा हुँदैन’ उनले भने ।

‘हाल कार्यसमितिमा रहेका साथीहरुलाई विस्थापित गरेर वा कसैलाई अप्ठ्यारोमा पार्न म चुनावमा आउन खोजेको होइन आ–आफ्नो योगदान, दक्षता र अनुभवअनुसार पदमा बस्न तयार हुने हो भने सबै साथीहरुले स्पेस पाउनु नै हुनेछ’ शर्माले बताए ।

डा। शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १० जनाभन्दा बढि विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए ।

संघको परिमार्जित नयां विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका उनले साथीहरुको प्रेरणाले महासचिवमा उम्मेदवार बन्न लागेको बताए ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनका एक  हस्तीका रुपमा चिनिन्छन् ।

उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहांको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत छन् । शर्माले पूर्व अध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप