शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीको दुर्घटनामा परेका चारै जनालाई काठमाडौँ पठाइयो

शनिबार, ३२ साउन २०७६, १५ : ५३
शनिबार, ३२ साउन २०७६

बुटवल ।  आज  विहान  सप्तरीमा भएको सडक दुर्घनामा परी  घाइते भएका चारै जनालाई काठमाडौं पठाइएको छ । मृत्यु भएका  रुपन्देहीका पत्रकार डायल्सन अधिकारीको शव भने  पोष्टमार्टमा लागि रुपन्देही पठाइएको छ ।

  गम्भीर घाइते चारै जनालाई विराटनगर ल्याइएकोमा  केहीवेर अघि हेलिकप्टर मार्फत काठमाडौ पठाईएको मोरङ्गका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

 रुपन्देही तिलोत्तमा नगरपालिकाको  बा १६ च २२३५ नम्वरको  पिकअप बलेरो जीप सप्तरीको  कन्चनपुर नगरपालिका वडा नम्वर  ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार  अधिकारीको मृत्यु भएको  थियो ।

 सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार   त्यसका चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ ।  तिलोत्तमका  वडाध्यक्षहरु सोहन चौधरी ,  तामानाथा पाण्डे र  ब्यापार संघका अध्यक्ष   अध्यक्ष जेपी कँडेल घाइते भएका छन् । 

   मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा सम्मेलनमा सहभागी हुन उनीहरु त्यसतर्फ जाँदै थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप