बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५८ करोड भ्रष्टाचार प्रकरणमा फेरि बोले गणेश थापा

शनिबार, ३२ साउन २०७६, १४ : ४६
शनिबार, ३२ साउन २०७६

काठमाडौं – पूर्वसभासद तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् । थापामाथि एन्फामा हुँदा ५८ करोड भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । 

तर थापाले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रष्टाचार गरेको लेखा समितिको ठहर गर्यो भनेर अफवाह फैलाउने काम भएकाे गुनासो गरे । 

उनले लेखा समितिले सो निर्णय सार्वजनिक  नगरे आफैले केही समय भित्रमा सार्वजनिक भन्दै थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘सार्वजनिक लेखा समितिको निर्णयबारे विभिन्न विषयमा थप अनुसन्धान गर्नको निमित्त अक्तियार दुरुपयोग निवारण आयोगमा पठाउने निर्णय भएकोमा ५८ करोड भष्टचार भएको भनि समाचार आउँदा मेरो चरित्रमाथि कल्पनै नगर्न नसक्ने व्यक्तिगतरुपमा ठूलो क्षति पुगेको मैले महसुस गरेको छु ।’ थापाले आफूविरुद्ध गरिएको गलत प्रचारकाे भ्रममा नपर्न सबैलाई आग्रह पनि गरेका छन्। 

उनले तथ्यहीन रुपमा आफूमाथि भएको प्रचारबाजीले पीडाबोध गराएको पनि बताएका छन् ।

 साथै उनले आफ्नो कार्यकालमा एन्फामा भएको कामको जिम्मेवारी लिने समेत बताए । ‘अखिल नेपाल फुटबल संघ भनेको गणेश थापा मात्र होइन, त्यहाँ उपाध्यक्ष छन्, सचिव र कोषाध्यक्ष छन् कार्यसमिति छ साधारणसभा छ कर्मचारी छन् जसले पनि बदमाशी गर्न सक्दछन् । तर मेरो कार्यकालभरी भएको सम्पूर्ण जिम्मेवारी म लिन्छु । यदि कुनै किसिमको अनियमितता भएको भए,’ थापाले भनेका छन्।
साथै अफ्नो कार्यकालभरी एन्फामा कुनै किसिमको अनियमितता नभएको उनको दाबी छ । 

याे प्रकरणमा आफूले सफाइ पाएकाे भएपनि विभिन्न समयमा याे विषयलाई अनावश्यक रुपमा उचाल्ने काम भएकाे थापाले गुनासाे गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप