बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विगतप्रति पछुताउँछिन् मिया खलिफा, वयस्क उद्योगले अभावग्रस्त महिलालाई जालमा पार्ने आरोप

शनिबार, ३२ साउन २०७६, १४ : ०९
शनिबार, ३२ साउन २०७६

एजेन्सी । वयस्क फिलमकी स्टार रहिसकेकी मिया खलिफाले एक अन्तरवार्तामा पहिलो पटक खुलेर आफ्नो वयस्क फिल्म करियरको कुरा गरेकी छिन् । 

अमेरिकी लेखक मेगन अबोटलाई दिएको अन्तरवार्ताका क्रममा मिया खलीफाले वयस्क फिल्म निर्माता कम्पनीको आलोचना गरेकी छिन् । उनले तिनले अभावग्रस्त र अन्जान युवतीहरुलाई आफ्नो शिकार बनाउने बताएकी छिन् । 

हाल २६ वर्षकी मियाले सन् २०१४ अक्टोबरबाट तीन महिनाका लागि मात्र वयस्क फिल्म उद्योगमा काम गरेकी थिइन् तर उनलाई त्यस यता एक दिनपछि विगतले पछ्याउन छाडेको छैन । 
यसैले विगतप्रति पछुतो लाग्ने मियाले बताएकी हुन् । 

‘ मानिसहरुलाई वयस्क उद्योगमा करौडौं कमाई हुन्छ भन्ने सोच्छन् । तर मैले आफ्नो तीन महिनाको करिअरमा जम्मा १२ हजार डलर कमाएँ । उद्योग छाडेपछि रोयल्टीजस्तो कूनै कुरा पाएको छैन । अझ उद्योग छाडेपछि मलाई नयाँ काम पाउन निक्कै गा¥हो भयो । वयस्क उद्योगले मेरो जीवन सा¥है गा¥हो बनाइदियो ।’

उनी आफ्नो तीन महिनाको करियरमा वयस्क फिल्महरुको सबैभन्दा ठूलो वेबसाइट पोर्नहबमा सबैभन्दा खोजिने वयस्क स्टार बनेकी थिइन् । तर प्रशिद्धी अनुरुपको आय नभएको मियाले बताइन् ।
उनले अगाडि भनिन् ,‘ यो अवधि मलाई मेरो प्रेमीले निक्कै सघायो । अहिलेको प्रेमीजस्तो केटा म कहिलै पाउन सक्दिँन ।’

यही वर्षको सुरुमा मियाले आफ्नो प्रेमी रोबर्ट स्याण्डबर्गसँग विवाह गर्ने सुनिश्चितता गरिएको छिन् । उनीहरु चाडै विवाहबन्धनमा बाधिदैछन् ।

उनी वयस्क फिल्मी संसारमा अहिले पनि यति लोकप्रिय छिन् कि उनको नाममा एउटा वेबसाइटनै चलिरहेको छ । तर वेबसाइट मिया खलिफालको नभएको वेबसाइटमै लेखिएको छ । त्यसबाट आउने आय उनले पाउदिनन् । 

अन्तरवार्ताको क्रममा उनले भनिन् ,‘म उक्त वेबसाइटबाट मेरो नाम हटाउने प्रयासमा छु ।’ 

मिया अरबी मुलुक लेबनानको एक क्याथोलिक परिवारमा जन्मिएकी थिइन् । मिया आठ वर्ष हुदाँ लेबनानमा युद्ध भड्कीएपछि उनको परिवार अमेरिका बसाइ सरेको थियो । 

उनी वयस्क फिल्ममा देखिन पहिलो परिचित अरबी मुलकी युवती हुन् । विशेष अरबी मुलका महिलाले शिष्टताको लागि लगाउने पहिरन हिजाब लगाएर वयस्क फिल्म सुट गराएपछि उनी निक्कै ठूलो विवादमा परेकी थिइन् ।

यही कारणले तत्कालिन समयमा शक्तिशाली रहेको मुसलमान उग्रवादी संगठन आईएसले उनलाई ज्यान मार्ने धम्की दिएको थियो ।

मियाले हिजाव लगाएको भिडियोले निम्त्याएको धम्कीबारे पनि अन्तरवार्तामा बोलेकी छिन् । 

‘उक्त भिडियो पोस्ट हुनासाथ हंगामा मच्चियो । आईएसआईएसले मलाई मार्ने धम्की दियो । धम्कीमा उनीहरुले मेरो घर भएको गुगल म्यापनै पठाएका थिए । म यति धेरै डराएको थिएँ, दूई हप्तासम्म होटेलमा बसें ,’ मियाले भनिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप