बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देशविकासका लागि एकजुट हुनुपर्नेमा नेता नेपालको जोड

शनिबार, ३२ साउन २०७६, १३ : २९
शनिबार, ३२ साउन २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । 

शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले देश विकासको लागि नागरिक, संघ—संस्था र सरकार एकसाथ जुट्नु पर्ने बताए । 

 सानो—ठुलो जस्तोसुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए । 

 कहिलेकाहिँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूलाठूला काम बन्न सक्ने विस्वास व्यक्त गरे । 

नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारी बिना आएको भन्दै  चिन्ता पनि ब्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप