शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

शनिबार, ३२ साउन २०७६, १२ : ०३
शनिबार, ३२ साउन २०७६

बुटवल ।  आज विहान रुपन्देहीको तित्तलोतमा नगरपालिकाबाट हिँडेको गाडी  सप्तरी जिल्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

  सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार तिलोत्तमा नगरपालिकाको  बा १६ च २२३५ नम्वरको  पिकअप बलेरो जीप सप्तरीको  कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ । यस्तै चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ ।

दुर्घटनामा वडाध्यक्षद्वय सोहन चौधरी,  तामानाथा पाण्डे र  व्यापार संघका अध्यक्ष जेपी कँडेल पनि घाइते भएका छन् । 

   उनीहरुलाई उपचारका लागि विराटनगर पठाईएको यसपी यादवले बताए ।  दुर्घटनामा परेकाहरु मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा जाँदै  थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप