शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा भारतीय कलाकार देखिने विज्ञापन प्रसारण गर्न प्रतिबन्ध

शनिबार, ३२ साउन २०७६, ११ : ४४
शनिबार, ३२ साउन २०७६

पाकिस्तानको विद्युतीय सञ्चार माध्यमको निगरानी गर्ने संस्था (पेमरा)ले भारतीय कलाकार देखिने विज्ञापनमा रोक लगाएको छ । भारतले जम्मु–कश्मीरको विशेष अधिकार खारेज गरेको विरोधमा पाकिस्तानले यस्तो कदम चालेको हो  ।

पेमराले अगष्ट महिनाको १४ तारिखमा एक पत्र जारी गर्दै प्रतिबन्धको घोषणा गरेको हो । नियमन निकायले डिटोल साउन, सर्फ, एक्सल पाउडर, हेड एन्ड सोल्डर सेम्फु, लाईफ बोइ, स्प्रे, सनसिल्क सेम्फुजस्ता उत्पादनको विज्ञापनमा रोक लगाएको हो  ।

आजतकका अनुसार पेमराको पत्रमा भनिएको छ, ‘भारतमा उत्पादन भएका बहुराष्ट्रिय कम्पनीका उत्पादन वा भारतका कलाकार देखिने विज्ञापनहरु अब पनि पाकिस्तानी विद्युतीय सञ्चारमा प्रसारण भइरहेको छ, १४ अगष्ट अर्थात् (पाकिस्तान स्वतन्त्रता भएको दिन) सरकारले कश्मीरमा ऐक्यबद्धता जनाएको आधिकारी नीति विपरित छ ।’

पत्रमा यो पनि भनिएको छ कि, ‘यस्ता उत्पादनका विज्ञापन टाढादेखि प्रयोग भएरहेको छ, जहाँ भारतीय कलाकर छन् । यदी यस्तो भयो भने त्यो आदेशको उलंघन मानिनेछ ।’ पाकिस्तानी प्रधानमन्त्रीको सूचना सहायक फिरदौस आशिक एवानलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यममले भारतीय विज्ञापनको यहाँ प्रतिवन्ध लगाइएको बताएका छन । सिडी बेच्ने पसलमा छापा मारेर भारतीय चलचित्रका सिडी जफत गरिएको छ ।

समाचार एजेन्सी आइएएनएसका अनुसार एवानले बिहीबार भनेका छन्,‘ हामीले भारतीय चलचित्रको रोक लगाउनका सिडीका पशलमा कारबाही गर्न सुरु ग¥यौं । इस्लामाबादबाट सुरु भएको यस्तो कारबाही देशका अन्य क्षेत्रमा पनि हुनेछ ।’

यो भन्दा पहिलो पाकिस्तानमा भारतीय चलचित्रमा फिल्म हलमा चलाउन रोक लागाइएको थियो । अब पाकिस्तानको फिल्महलमा बलीउडका फिल्म देखाउन पाइने छैन ।

 जम्मु–कश्मीरमा धारा ३७० खारेज गर्ने भारत सरकारको निर्णयलाई लिएर पाकिस्तानले भारतीय उच्च आयुक्तको निस्काशन गरेर भारतसँगको राजनीतिक सम्बन्ध कम गर्दै लगेको थियो ।

पाकिस्तानले भारतसँगको द्विपक्षीय व्यापारमा रोक लगाएपछि भारतसँगको द्विपक्षीय सम्बन्ध निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसको साथै पाकिस्तान–भारतमा चल्दै आएको सम्झौता एक्सप्रेस रेल बन्द गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप