देउताभिर गुफा जाने पदमार्ग निर्माण
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ ।
मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो ।
गाउँपालिकाबाट विनियोजन भएको रु पाँच लाख बजेटबाट दाङखोलादेखि तत्लो पूजा गर्ने थानसम्म पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर घर्तीले जानकारी दिए ।
तल्लो थानदेखि गुफासम्म जाने भिरमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत विनियोजन भएको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण भएको छ ।
गाउँपालिका र प्रदेश सरकारको बजेटबाट कूल करीब ५०० मिटर पदमार्ग निर्माण गरिएको अध्यक्ष घर्तीले बताए ।
गुफा जाने बाटोमा रहेको अप्ठ्यारो भिरमा ११० मिटर पदमार्गसहित रेलिङसमेत निर्माण गरिएको छ ।
अक्करे भिरमा जोखिमपूर्ण यात्रा गरी गुफामा जानुपर्ने बाध्यता रहे पनि यस वर्ष पदमार्ग निर्माण भएपछि धेरै राहत मिलेको वडाध्यक्ष पिपला बुढाले बताइन् ।
भिरको बाटोमा व्यवस्थित पदमार्ग नहुँदा कतिपय पर्यटक र भक्तजन मुख्य गुफासम्म नै नपुगिकनै फर्कने गरेकामा पदमार्ग निर्माण भएसँगै सहजता मिलेको उनको भनाइ छ ।
बुद्ध जयन्तीको अवसरमा विशेष पूजा हुने यस गुफामा पुगेर दर्शन तथा पूजा गरेमा आफ्नो भाकल र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
यस गुफामा सुख, शान्ति र सफलताको कामनासँगै बच्चा नभएका दम्पतीले बच्चा प्राप्तिको लागि भाकल गर्ने चलन रहेको छ ।
यस गुफामा सिद्धको थान रहेकाले नरिवल चढाएर पूजा गर्नुको साथै भाकल गर्नेले परेवा, पाठालगायतको बलिसमेत दिने गरेको गुफाका पुजारी कर्णबहादुर घर्तीले जानकारी दिए ।
देउताभिर गुफाभित्र र परिसरमा हात्तीको सुँड, नाग सर्प, गाईको थुन, केरालगायतका आकर्षक आकृति दुरुस्तै देख्न सकिन्छ ।
देवीस्थानको मगर दाङबाट आधा घण्टाको ओरालो यात्रापछि पुगिने दाङखोला तरेर उकालो ४५ मिनेट हिँडेपछि देउताभिर गुफामा पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु
-
भारतमा लोकसभाको निर्वाचन सुरु