बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एक हजार चार सय उद्योग दर्ता

शनिबार, ३२ साउन २०७६, ११ : ११
शनिबार, ३२ साउन २०७६

सिरहा । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । 

जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । 

दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । 

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४०२, पशुपालनका ७८ तथा कुखुरापालनका ६४ नयाँ उद्योग दर्ता भएको छ । 

आव २०७५/७६ मा उत्पादनमूलक उद्योग १९१, सेवामूलक उद्योग ७४० तथा कृषि तथा वनजन्य ५५८ उद्योग दर्ता भएको छ । 

उक्त सङ्ख्या आव २०७४/७५ मा दर्ता भएको भन्दा दोब्बर बढी हो । आव २०७४/७५ मा जिल्लामा ८४२  नयाँ उद्योग दर्ता भएको थियो । 

जिल्लामा उत्पादन उद्योग एक हजार २७९, कृषि तथा वनजन्य उद्योग एक हजार ५८ र सेवा उद्योग तीन हजार १०३ रहेको छ । 

नयाँ उद्योग दर्ताबाट रु ७५ लाख ८६ हजार राजश्व सङ्कलन भएको यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप