बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निलगाई र बँदेलको कारण रौतहटका किसानलाई समस्या

शनिबार, ३२ साउन २०७६, १० : १७
शनिबार, ३२ साउन २०७६

रौतहट । जंगली बँदेल र निलगाईको कारण रौतहटका किसान ठूलो समस्यामा परेका छन् । जंगली बंँदेल, निलगाई घोडगदहाले किसानले बर्षभरी मेहनत गरी खेतमा लगाएको बालीमा ठूलो क्षति पुरएपछि समस्या भएको हो  ।

जिल्लाको पश्चिमभेगस्थित झण्डै आधादर्जन स्थानीय तहका हजारौं किसान जंगली जनावरको कारण मारमा परेका छन् ।     

बालीमा क्षति पुर्याउने जंगली जनावरको नियन्त्रण तथा किसानलाई क्षतिपुर्तीको दायित्व राज्यले पुरा नगरेको भन्दै किसानहरुको चिन्ता प्रकट गरेका छन् ।

फतुवा, विजयपुर, कटहरिया, देवाही गोनाही, मौलापुर र राजपुर नगरपालिका अन्तरगत लालबकैया नदी किनारमा खेती गर्ने किसान पच्छिलो ८÷१० बर्षदेखि जंगली जनावरबाट आर्जित बनेका छन् ।

भसेढवा, झौआ, कटहरिया, बुनियाद, लक्ष्मीनिया, फतुुआ, हर्षाहा, गमहरिया, मयार्दपुर, कर्कच कमैया, टिकुलिया बौधा, इनरवालगायतका गाँउका किसानहरुले खेतमा लगाएको धानबाली, मकै, उखु, आलु, गँहुु, धनिया, केरा, रहरलगायतका  बालीमा निलगाई घोडगदहा, जंगली बँदेलले ठूलो क्षति पुर्याएको किसानहरुले बताएका छन् ।

दक्षिणमा भारतीय सिमानादेखि उतर वनक्षेत्रसम्म लालबकैया नदीको दुुवै किनारमा रहेका काँसबारी र उखुघारीमा लुकेर बस्ने ठूलो संख्यामा रहेका निलगाई घोडगदहा, बँदेल साँझ परेपछि बारीमा पस्न थाल्छन् ।

बर्षभरीको मिहिनेत घरको अन्नपात र पैसा खर्चेर आ–आफनो खेतमा लगाएको बालीमा ठूलो संख्यामा जंगली जनावरले क्षति पुर्याउने गरेको कटहरिया नगरपालिका–४ का किसान गणेश साहले बताए ।

बढ्दो जंगली घोडगदहा मानिने निलगाईको कारण जिल्लाको पश्चिम भेगमा धनिया खेती प्रायः लोपहुने अवस्था बनेको छ ।

सदीयौंदेखि नगदेबालीको रुपमा रहेको धनियाको गन्ध टाढैबाट सुुँघेर निलगाई भन्ने घोडगदाहाले उक्त बाली सखाप पारेरै छाड्ने गरेकाले किसानहरुले धनिया खेती नै गर्न छाडेको अवस्था छ ।  

हाल जंगली जनावरको क्षतिबाट आफ्नो बाली  जोगाउन नदी किनारका दर्जनौँ किसानहरु खेतमै मचान बनाएर रातभरी टिन पिटेर बस्ने गरेको अवस्था छ ।

कतिपय किसानले जंगली जनावर धपाउन राती–राती पटका समेत पड्काउने गरेका छन् । जिल्ला सेक्टर वन रौतहटका प्रमुख विनोद सिंहले निलगाईलाई क्षति पुर्याउनु कानुनी अपराध भएको बताउँछन् ।

तर पिडित किसानहरुले गाईले दिसा गर्दा गोब्बर आउने हो तर लालबकैया नदी किनारमा रहेका निलगाई जस्तै देखिने जनावर घोडगदहा रहेको अड्कल गर्छन ।

उक्त जनावरले बाख्राको दिसा जस्तो काँचको गोलीको आकार सरह भएकाले निलगाई नभई जंगली घोडगदहा रहेको मौलापुर नगरपालिका–१ मर्यादपुरका किशान राजकिशोर शर्माले दावी गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप