शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूह परित्यागको घोषणा

शनिबार, ३२ साउन २०७६, १० : ०४
शनिबार, ३२ साउन २०७६

रुकुम । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा सक्रिय रुपमा संलग्न चार जनाले सो समूह परित्याग गरेका छन् । उनीहरुले शुत्रबmार जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई परित्याग गरेका हुन् । 

सो समूह परीत्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आएका २५ वर्षीय बालकुमार बुढा रहेका छन् । 

उनीहरुले विज्ञप्ति निकालेर आजकै मितिबाट जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष सो समूहसँगका सबै नाता टुटाई आगामी दिनमा कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राम्रो काम गरेर सरलजीवन जिउनका लागि चारै जनालाई भूमे–४ का वडाध्यक्ष चङ्ख बुढामगर लगायतको रोहबरमा छाडिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप