शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण जेटलीको स्वास्थ्य अवस्था गम्भीर, राष्ट्रपतिपछि अमित शाह र योगी आदित्यनाथले भेटे

शनिबार, ३२ साउन २०७६, ०९ : ०३
शनिबार, ३२ साउन २०७६

राष्ट्रपति रामनाथ कोविन्दले अरुण जेटलीको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार दिउँसो एम्स अस्पताल पुगेर उनले ६६ वर्षीय जेटलीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्व अर्थमन्त्री जेटली अगष्ट महिनाको ९ तारिखदेखि एम्सको आइसीयुमा भर्ना भएका छन् ।

राष्ट्रपतिको साथमा केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र राज्मन्त्री अश्विनी चौबे पनि रहेका थिए ।

जेटलीको अवस्था गम्भीर छ । राति अबेर गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ और केन्द्रीयमन्त्री हर्षवर्धन पनि एम्स पुगेका थिए ।

श्वासप्रस्वासमा समस्या भएपछि जेटली एम्समा भर्ना

जेटलीलाई गत शुक्रबार बिहान ११ बजे एम्समा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनलाई श्वास फेर्न समस्या भएको थियो ।

एम्सले गएराति अबेर दिएको जानकारी अनुसार जेटलीको स्वाथ्यबारे चिकित्सकको टोलीले हेरचाह गरिराखेका छ र अहिले उनको अवस्था स्थिर छ । गृहमन्त्री शाह, प्रधानमन्त्री नरेन्द्र मोदी र स्वास्थमन्त्री हर्षवर्धन उनको अवस्था जान्न पुगेका थिए ।

जेटली क्यान्सरको उपचारका लागि न्युयोर्क गएका थिए

जेटलीले ‘सफ्ट टिस्यु’ क्यान्सरको उपचार गराउँदै आएका थिए । यस बेमारीको उपचारका लागि जनवरी महिनाको १३ तारिख न्युयोर्क गका थिए । उपचारपश्चातउनी फेब्रेबरीमा उनी फर्किएका थिए ।

उपचार गरेर पर्किएपछि उनले आफू खुशी रहेको भन्दै ट्वीटसमेत गरेका थिए । यस अघि जेटलीले अप्रिल २०१८ देखि कार्यालय जान छाडेका थिए । त्यसपछि उनलाई एम्समा भर्ना गरिएको थियो ।

त्यहाँ उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसको केही समयपछि उनी कार्यालय जाने गरेका थिए ।

यद्यपी २०१९ मेमा उनले मोदीलाई नयाँ सरकारमा सामेल नहुने बताएका थिए । त्यस समय उनलाई भेट्न प्रधानमन्त्री मोदी उनको घर पुगेका थिए ।

जेटलीलाई दोस्रो पटक रक्षामन्त्रीको पद प्राप्त

सन् २०१४ को मे नरेन्द्र मोदीको सरकार बनेपछि जेटलीलाई अर्थ र रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यस समय २०१४ मा उनी ६ महिना रक्षामन्त्री भएका थिए । त्यसपछि मनोहर परिकरलाई रक्षामन्त्री बनाइएको थियो । मनोहर गोहाका मुख्यमन्त्री बनेपछि जेटलीको सन् २०१७ छ महिनाका लागि दोस्रोपटक उक्त कार्यालय दिइएको थियो । त्यसपछि उनको स्थानमा निर्मला सीतारमणलाई रक्षामन्त्री बनाइएको थियो । जेटलली विरामी हुँदा पीयूष गोयलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप