काउटिन्होको यात्रा बायर्नमा
शनिबार, ३२ साउन २०७६, ०८ : ५८
बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्हो जर्मन क्लब वायर्न म्युनिख जाने पक्का भएको छ । काउटिन्होलाई बार्सिलोनाले लोनमा बायर्न पठाउन लागेको हो ।
मिडिया रिपोर्टका अनुसार एक वर्षका लागि बायर्नले लोनमा काउटिन्होलाई अनुबन्ध गर्ने सहमति भईसकेको छ । आइतबार उनको स्वास्थ्य परिक्षण गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने बायर्नको तयारी छ ।
बायर्न जाने पक्का भएपछि काउटिन्होले शुक्रबार राति ला लिगाको पहिलो खेल समेत खेलेनन् ।
२७ वर्षीय काउटिन्हो गत सिजन मात्र बार्सिलोना आएका थिए । बार्सिलोनामा त्यति जम्न नसकेका उनलाई यसअघि बार्सिलोनाले बेच्ने तयारी गरेको थियो ।
बायर्नले काउटिन्होलाई अर्को वर्ष किन्न सक्ने सहमति पनि दुई क्लबबीच भएको छ ।
काउन्टिन्होले गत सिजन बार्सिलोनाबाट ५४ खेल खेल्दै ११ गोल गरका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ