कुमार पौडेल ‘इन्काउन्टर’ : थन्कियो गृहको प्रतिवेदन
शनिबार, ३२ साउन २०७६, ०७ : ३३
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ ।
गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो ।
समितिले घटना छानबिन गर्न निर्देशन दिएको थियो ।
समिति सदस्यलाई २६ असारमा प्रतिवेदन वितरण गरिएको थियो । तर, यसबारे अझै छलफल चलेको छैन ।
घटना छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले संसद् अवरुद्ध पारेका थिए । प्रतिनिधिसभाले सुवास नेम्बाङको संयोजकत्वमा अध्ययन तथा सुझाव विशेष समिति गठन गरेपछि सदन खुलेको थियो ।
यो समाचार अन्नपूर्ण पोष्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित