काश्मिरमा प्रहरी र सयौँ प्रदर्शनकारीबीच झडप
एजेन्सी-भारत प्रशासित काश्मिरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ ।
भारतले काश्मिरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका समय शुक्रबार काश्मिरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झडप भएको बताइएको छ । यद्यपि झडपमा प्रहरी तथा प्रदर्शनकारी के कति घाइते भए यसबारे सूचना पाउनलाई प्रशासनको धरपकडका कारण कठिनाई भएको जनाइएको छ ।
हजारौँको सङ्ख्यामा श्रीनगरमा सरकारको निर्णयविरोधी प्रदर्शन भइरहँदा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको एएफपीका काश्मिरस्थित सम्वाददाताले बताएका छन् ।
सरकारले काश्मिरलाई स्वायत्तता दिने बुँदालाई निलम्बन गरेपछि काश्मिर क्षेत्रमा विगत १२ दिनदेखि व्यापक सुरक्षा तैनादी भएको छ । सुरक्षाको समस्या देखाउँदै काश्मिरमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन र प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ । -एएफपी /
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ