शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उमेर ढाँट्ने प्रहरी फन्दामा : नागरिकतामा फरक-फरक जन्ममिति

आइतबार, २९ साउन २०७४, ०५ : ४४
आइतबार, २९ साउन २०७४

डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् ।

हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ ।

सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ उल्लेख छ ।

नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ ।

उनको बढुवा रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप