शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा स्कुटी ठोक्किँदा २ जना घाइते, १ को अवस्था गम्भिर

शुक्रबार, ३१ साउन २०७६, १४ : २०
शुक्रबार, ३१ साउन २०७६

बुटवल– कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा  भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको जाँदै गरेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालकद्वय वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर निवासी वर्ष ३५ का शेखर भुषाल र सोही स्थान मनहरापुरका वर्षीय २९ का जयसराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैको टाउकोमा चोट लागेको छ । घाइतेहरुलाई सिएण्डसी अस्पताल ४ नं मा उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये शेखरको अवस्था गम्भिर रह्ेको अस्पतालले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप