बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा प्रहरीको बीचबाटै यसरी फरार भए अभियुक्त

शुक्रबार, ३१ साउन २०७६, १३ : २२
शुक्रबार, ३१ साउन २०७६

जनकपुर– जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक अभियुक्त फरार भएका छन् । प्रहरीको भरीभराउ रहने र सुरक्षा अवस्था चुस्त दुरुस्त रहने जनकपुरस्थित प्रहरी कार्यालयबाट करणी आरोपित अभियुक्त फरार भएका हुन् । यो घटनाले प्रहरीमाथि नै शंका उब्जिएको पीडितको भनाई  छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती  करणी मुद्दा खेपिरहेका सिरहाका २० वर्षका राममणि यादव फरार भएका हुन् ।

बिहीबार दिउँसो बयानको लागि जिप्रका धनुषा अन्तर्गत  अपराध अनुसन्धान शाखामा लगिएको बेला अभियुक्त  यादव फरार भएको जिप्रका धनुषाले पुष्टि गरेको छ ।  उनलाई जबरजस्ती करणी अभियोगमा पक्राउ गरेर  अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो ।

प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएका यादव मौका छोपेर फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 
यता, फरार यादवको खोजी कार्य तीव्र पारिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप