मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकभर भारी वर्षाका कारण ३३ जनाको मृत्यु ४ घाइते, उद्दारका लागि ८ हजार ३ सय सुरक्षाकर्मी परिचालित (हेर्नुस विवरण सहित)

शनिबार, २८ साउन २०७४, २३ : २७
शनिबार, २८ साउन २०७४

काठमाडौं –विगत केहि दिनदेखि परिरहेको अविरल वर्षका कारण देशभर ३३ जनाको मृत्यु हुनुका साथै ४ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । विभिन्न १५ भन्दा बढि जिल्लाहरु प्रभावित भएको जनाउँदै ति क्षेत्रहरुमा करिब ८ हजार ३ सय तालिम प्राप्त सुरक्षाकर्मीहरु उद्दारका लागि खटिएको गृह मन्त्रालयद्धारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 


त्यस्तै,  भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्षमणपूर बाँध र कोसी व्यारेजका थप ढोकाहरु खुलाउन समेत अनुरोध गरिएको उल्लेख छ । यता विपत व्यवस्थापन  कार्यको लागि गृहमन्त्रीको नेतृत्वमा केन्द्रिय कमाण्ड पोष्ट समेत खडा गरीएको जनाएको छ । 


मन्त्रालयद्धारा खोज, उद्धार, र राहत कार्यक्रमा सहयोग पुर्याउन सबै नेपाली नागरिकसँग आग्रह समेत राखेको छ । पिडामा रहेका व्यक्ति तथा परिवारहरुलार्य दैनिक आवश्यक पर्ने  खाद्यान्न  लुगाफाटो लगायत सामाग्री उपलब्ध गराउन समेत अनुरोध गरेको छ । मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उद्योगी, व्यवसायी सामाजिक क्षेत्रमा क्रृयाशिल संघसंस्थाहरु समाजसेवी मिडियालगायत सबैमा आग्रह गरेको छ ।


देशभर ३३ जनाको मृत्यु, ४ जना बेपत्ता :

गृहमन्त्रालयका अनुसार हाल सम्म मुलुकका ११ जिल्लाहरु ( पाँचथार– ४, सिन्धुली– ४, झापा– ४, मोरङ–३, सुनसरी –७, सर्लाही– २, बारा –२,  दाङ– १ बाँके –४, मकवानपुर– १, पाल्पा –१) गरी ३३ जनाको मृत्यु, ४ जना वेपत्ता र केही घाइते भएको जनाएको छ । डुवानका कारण अलपत्र परेका नागरिकहरुको खोज तथा उद्दारकार्यमा सरकार तिव्रताका साथ लागिरहेको समेत उल्लेख गरेको छ ।  


देशभर खोजीकार्यका लागि ८ हजार ३ सय सुरक्षाकर्मी परिचालितः


खोजी कार्यका लागि नेपाल प्रहरीबाट ५ हजार ६ सय सशस्त्र प्रहरीबलबाट करिब १ हजार ७ सय  र नेपाली सेनाका हजार गरी ८ हजार ३  सय  तालिम प्राप्त सुरक्षा कर्मीहरु परिचालन भएको जनाएको छ । 
खोज तथा उद्दारका लागि हेलिकप्टर , मोटरबोट, र्याफ्टिङ बोर्ड, डोरी ट्युव लगायत साधनहरु सहित प्रभावित क्षेत्रमा खटिएको जनाएको छ । 
सुर्खेतमा  रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुवान ग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया , फत्तेपुर, सोनारीको टिकुलीपुर बैरिया सिक्टा लगायतका स्थानहरुबाट २ सय भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।  त्यस्तै, झापाको मदरगाछी कपन कवास, साल्पारा सौरघुटु सुनसरी बढिखोला क्षेत्र सप्तरीको हनुमान नगर तिलाठी, सर्लाहीको बाग्मती क्षेत्र रौतहटको बाग्मती र लाल बकैया क्षेत्र लगायत विभिन्न स्थानहरुमा उद्दारका विभिन्न साधरहरु समेत कार्य भइरहेको मन्त्रालयले जनाएको छ । 


विज्ञप्तिका अनुसार तत्काल राहत का लागि उद्दार समितिहरुबाट आवश्यक खाद्यान्न चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल , दाल, नुन तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको छ ।  नेपाल खाद्य  सस्थानका विभिन्न डिपोहरुबाट प्रभाविभ परिबारहरुलाई खाद्रय सामाग्री वितरण गर्न प्याकेजिङ कार्य भइरहेको तथा नेपाली सेना को सबै हेली स्ट्याण्डमा राखिएको समेत जनाएको छ । 


त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्द भएका राजमार्ग लगायत पुलहरु सुचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको छ । औषधि सहितको स्वास्थ्यकर्मीहरको टेलीहरु प्रभावित  क्षेत्रमा पठाउने व्यवस्था मिलाउन समेत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरको जनाएको छ ।


उक्त प्रभावित क्षेत्रमा स्थानीय भाषामा एफएमहरु मार्फत  सर्वसाधरणहरुलाई सुरक्षित  रहन तथा उच्च सतर्कता अपनाउन समेत अपिल गरेको छ । 
सरकारले विपत्तिमा परि ज्यान गुमाउने सबै प्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिबारजनमा गहिरो समबेदना समेत प्रकट गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप