बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको सचिवालय बैठक बस्दै

शुक्रबार, ३१ साउन २०७६, १० : २२
शुक्रबार, ३१ साउन २०७६

काठमाडौँ । दिउँसो तीन बजे बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक केहिबेरमा बस्ने भएको छ ।

११ बजे बालुवाटारमा बस्ने बैठकले कार्यविभाजनका बाँकी काम टुङ्गाउनेबारे छलफल गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक शुक्रबार ३ बजेका लागि सारिएको थियो ।

तर, तीन बजेको बैठक सरेर अहिले ११ बजे बस्ने भएको हो । साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो ।

नेकपामा स्कूल विभाग कसले लिने भन्ने कुरामा विवाद कायमै छ ।

सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् । स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप