शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाव्यापी एकल नृत्य प्रयोगिताको दोश्रो अडिसन (हेर्नुस तस्विरमा)

शनिबार, २८ साउन २०७४, २३ : १९
शनिबार, २८ साउन २०७४

सिता श्रेष्ठ
काठमाडौं – विगत २ वर्षदेखि निरन्तर रुपमा नृत्य प्रशिक्षण गराउँदै आएको फ्लो इन्टरटेनमेन्ट एकेडेमीले आज राजधानीमा उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिताको दोश्रो अडिसन सम्पन्न गरेको छ ।


आज भएको अडिसनमा ९६ जना प्रतियोगीहरुको सहभागिता थियो । माध्यमिक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरुवीच भएको नृत्य प्रतियोगितामा सिनियर तर्फवाट २० जना र जुनियरतर्फवाट २० जना फाइनल अर्थात तेश्रो चरणका लागि छनोट भएका छन् । 


सागर के.सी संयोजक रहेको उक्त प्रतियोगितामा सञ्जय लामा, सरस्वती पोख्रेल, रितु मगर र निरु शर्माले निर्णायकको जिम्मा पाएका छन् । भदौ ३ गते फाइनल चरण सम्पन्न गर्ने भनिएको यस कार्यक्रम संस्थाले निजी लगानीमा सञ्चालन गरेको हो ।


फ्लो इन्टरटेनमेन्ट अनुभवी प्रशिक्षकद्वारा सबै किसिमका नृत्य सिकाउने उत्कृष्ट संस्था हो र यसले मौलिक कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने योजना रहेको संस्थाकी सदस्य पवित्रा कर्मचार्यले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप