शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानबाट करीव नौ किलो सुन सहित पक्राउ

शनिबार, २८ साउन २०७४, २३ : ०७
शनिबार, २८ साउन २०७४

काठमाडौं –  रसुवाको साबिक लहरेपौवा–२ हाल उतरगया गाउँपालिका–५ बस्ने दिपक घले र रसुवाकै साबिक चिलिमे–९ हाल पार्वतीकुण्ड गाउँपालिका–५ बस्ने फुर्पु तामाङलाई ८ किलो १ सय ग्राम सुनसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । 

रसुवाबाट नुवाकोटतर्फ अबैध सुन तस्करी गरिरहेको भन्ने सुराकी सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले बिदुर नगरपालिका–१ स्थित चेकप्वाईन्ट राखी जाँच गर्ने क्रममा रसुवाबाट नुवाकोटतर्फ आउँदै गरेको बा.५५ प ८०६७ नम्बरको मोटरसाइकलमा सवार तामाङको साथबाट २ केजी १ ग्राम सुन बरामद भएको र सो सुनका सम्बन्धमा मोटरसाइकल चालक घलेलाई सोधपुछ गर्दा मोटरसाइकलको चक्का र धुरा अडाउने कैचीमा राखेको बताएपछि मिस्त्रीको सहयोग बिस्कुट आकारको ६ पिसमा रहेको थप ६ केजी सुन बरामद गरी दुबैजनालाई पक्राउ गरेको हो ।


    मकवानपुर –हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१२ च ६७९० नम्बरको कारका चालक सिराहको लाहान नगरपालिका–८ बस्ने ३५ वर्षीय नन्दकिशोर महतोलाई १ किलो सुन सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


    हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकप्वाईन्टमा जाँच गर्नेक्रममा उक्त कार चालकले नरोकी भागेपछि प्रहरीले पिछा गर्दै जाँदा सोही ठाउँस्थित चुरियामाई मन्दिर नजिकै फेला पारी महतोको साथबाट उक्त सुन बरामद गरी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप