प्रचण्डद्वारा पार्टी एकतामा जोड
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १० वर्षे योजनाका साथ माओवादी आन्दोलनलाई पूनर्संगठित गर्ने बहस थालिएको बताएका छन् ।
शनिबार नुवाकोटको बेलकोटगढि नगरपालिका काठमाण्डौं संघिय जनसम्पर्क मञ्चको प्रथम भेलाको उदघाटन गर्दै प्रचण्डले भने, ‘माओवादी आन्दोलनलाई नयाँ उचाईमा लैजानेबारे शीर्ष तहमा बहस थालेका छौं । अब सबै माओवादीहरु एक ठाउँमा आएर नयाँ सोचसहित अगाडि बढ्न जरुरी छ । छिटै नै माओवादी धाराका साथीहरु आउनु हुन्छ ।’
आफ्नो पार्टीले उठाएका एजेन्डाको जित भए पनि स्थानीय तह निर्वाचनमा पार्टीले सन्तोषजनक नतिजा ल्याउन नसक्नुु दुुखद भएको प्रचण्डले बताए ।
भेलालाई सम्बोधन गर्दै प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्यूूनिष्ट पार्टीका ६ सय बढि नेता कार्यकर्ता एकदुुई दिनमै माओवादी केन्द्र प्रवेश गर्न लागेको दाबी गरे ।
स्थानीय तहको निर्वाचनमा जस्तोसुकै परिणाम आएको भएता पनि आसन्न प्रदेश सभा र प्रतिनीधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक जनताको घरमा गएर जनताको दुख सुुखमा साथ दिन प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छ प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल