बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ, प्रअ पनि तानिए

बिहीबार, ३० साउन २०७६, २१ : ००
बिहीबार, ३० साउन २०७६

बुटवल । अख्तियार दुरुपयोग अनुसान्धान आयोग सम्र्पक कार्यालय बुटवलले पश्चिम नवलपरासीको पाल्ही गाउँपालिकाको कुस्मामा रहेको सिद्धार्थ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ । 

घुस लिएको आरोपमा अध्यक्ष केदार गिरीलाई अख्तियारको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग बुटवलका  प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।   

अध्यक्ष गिरीलाई अख्तियारको टोलीले रामग्राम नगरपालिका–१ मा रहेको लुम्बिनी प्लस, लुम्विनी हेल्प केन्द्रको कार्यालयवाट पक्राउ गरेको हो । 

सोही विद्यालयमा अध्यापन गराउने एक सरुवा भएका शिक्षकसँग अध्यक्ष  गिरीले रमाना र सहमतिका लागि ६५ हजार माग गरेपछि उनी अख्तियार पुगेका थिए ।

अख्तियारले सोही कार्यमा मिलोमतो हुनसक्ने भन्दै विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई पनि अनुसन्धानको लागि भन्दै पक्राउ गरेको छ । 

सिद्धार्थ मावि कुष्मामा अध्यापन गराउने एक शिक्षकको जिल्लाकै राजा महात्मा मावि बर्दघाट पञ्चनगरमा सरुवा भएकोमा अध्यक्ष गिरीले पैसा बिना सहमति र रमाना नदिने बताएपछि ती शिक्षकले अख्तियार पुगेर फर्किएपछि पैसा ल्याएर दिएका थिए ।

घुस लिएको आरोपमा पक्राउ गरेका गिरी रामग्राम नगरपालिका–१ मा रहेको लुम्विनी प्लस, लुम्विनी हेल्प केन्द्रमा काम गर्दै आएको बताईएको छ । पक्राउ परेका अध्यक्ष गिरी र प्रअलाई अख्तियारको टोलीले बुटवल लगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप