शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डद्वारा पार्टी एकतामा जोड

शनिबार, २८ साउन २०७४, २२ : १६
शनिबार, २८ साउन २०७४

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  १० वर्षे योजनाका साथ माओवादी आन्दोलनलाई पूनर्संगठित गर्ने बहस थालिएको बताएका छन् । 

शनिबार नुवाकोटको बेलकोटगढि नगरपालिका काठमाण्डौं संघिय जनसम्पर्क मञ्चको प्रथम भेलाको उदघाटन गर्दै प्रचण्डले  भने, ‘माओवादी आन्दोलनलाई नयाँ उचाईमा लैजानेबारे शीर्ष तहमा बहस थालेका छौं । अब सबै माओवादीहरु एक ठाउँमा आएर नयाँ सोचसहित अगाडि बढ्न जरुरी छ । छिटै नै माओवादी धाराका साथीहरु आउनु हुन्छ ।’
आफ्नो पार्टीले उठाएका एजेन्डाको जित भए पनि स्थानीय तह निर्वाचनमा पार्टीले सन्तोषजनक नतिजा ल्याउन नसक्नुु दुुखद भएको प्रचण्डले बताए । 

भेलालाई सम्बोधन गर्दै प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्यूूनिष्ट पार्टीका ६ सय बढि नेता कार्यकर्ता एकदुुई दिनमै माओवादी केन्द्र प्रवेश गर्न लागेको दाबी गरे ।


स्थानीय तहको निर्वाचनमा जस्तोसुकै परिणाम आएको भएता पनि आसन्न प्रदेश सभा र प्रतिनीधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक जनताको घरमा गएर जनताको दुख सुुखमा साथ दिन प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप