बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

'अपराध न्यूनिकरणका लागि जनता र प्रहरीबीच  हातेमालो आवश्यक'

शनिबार, २८ साउन २०७४, २२ : ०९
शनिबार, २८ साउन २०७४

काठमाडौँ- महानगरिय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक बमबहादुर भण्डारीले नागरिकले नागरिक र प्रहरी सहकार्य गर्दै अगाडि बढे समाजमा भएका अपराधिले श्वास पनि फेर्न नसक्ने बताएका छन । महानगरिय प्रहरी प्रभाग नेपालटारको नवनिर्मित भवनको शनीवार उद्घाटन गर्दै भण्डारीले अपराध न्यूनिकरणका लागि जनता र प्रहरीले हातेमालो गर्न आवश्यक रहेको बताएका हुन । 

 नवनिर्मित भवन निर्माण गर्न सहयोग गर्ने स्थानियवासीलाई धन्यवाद ज्ञापन गर्दै एआईजी भण्डारीले महाभारतको प्रसंग निकाल्दै नेपाल प्रहरी पनि जनताको जिउ धनको सवालमा भगवान कृष्णको दुत भएर खटिएको बताए । 
महाभारतमा भिष्मले अर्जुनलाई मार्ने प्रतिज्ञा गर्दा पनि श्री कृष्ण साथमा भएका कारण अर्जुनमा कुनै चिन्ता नभएको भन्दै नेपाली जनताको जिउधनको रक्षा गर्न पनि साथमा नेपाल प्रहरी भएको जिकिर गरे । 
कार्यक्रममा महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी नायब महानिरिक्षक छविलाल जोशि, तारकेश्वर नगरपालिकाका मेयेर रामेश्वर बोहोरा, महानगरिय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष तामाङ, तारकेश्वर नगरपालिकाका बासिन्दा तथा प्रहरी मेरो साथि अभियानका अभियन्ता प्रहरी नायव उपरिक्षक विश्व अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।

तारकेश्वर नगरपालिकाका स्थानीयवासीले चन्दा संकलन तथा श्रमदान गरि प्रहरी प्रभागको कार्यालय निर्माण गरेका हुन । उक्त भवन स्थानीय भवन निर्माण समितीले आजै नेपाल प्रहरीलाई हस्तान्तरण गरेपछि एआईजी भण्डारीले आजै एक समारोहका बिच उद्घाटन गरेका हुन । 

प्रहरी प्रभागको कार्यालय निर्माणका लागि अधिक पहल गरेर संभव तुल्याएको भन्दै कार्यक्रमका सहभागिहरुले बालाजु वृत्तका प्रमुख सन्तोष तामाङ र प्रहरी मेरो साथि अभियानका सर्जक डिएसपि विश्व अधिकारीको प्रशंसा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप