बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा भारतीय सुमोको ठक्करले महिलाको मृत्यु

बिहीबार, ३० साउन २०७६, १९ : २३
बिहीबार, ३० साउन २०७६

सप्तरी– सुमो गाडीको ठक्करले सप्तरीमा आज एक महिलाको मृत्यु भएको छ । खड्ग नगरपालिका–४ करमनियास्थित पूर्वपश्चिम राजमार्गमा जेएच १५जे ३२०३ नम्बरको भारतीय नम्वरप्लेटको सुमोको ठक्करले को १ च ४२२८ नम्बरको मारुती भ्यानमा सवार इलाम नगरपालिका–१ की ५८ वर्षीया टङ्कमाया लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

सुमो राजविराजबाट जनकपुर जाँदै थियो भने मारुती भ्यान काठमाडौँबाट इलामतर्फ जाँदै थियो । मारुती भ्यानका चालक टङ्कमायाका छोरा सवीन लिम्बु र छोरी सङ्गीता लिम्बु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सुमो गाडीमा सवार राजविराज–५ का जितेन्द्रप्रसाद साह र उनका छोरी ज्वाई धनुषाको जनकपुर १ का आशुतोष साहसमेत घाइते रहेका छन् । आशुतोषकी श्रीमती सोनी भने सकुशल रहेको परिवारका सदस्यले बताएका छन् ।

दुर्घटनाग्रस्त दुवै गाडीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । घटनालगत्तै सुमो गाडीका चालक फरार भएका छन् । महिलाको शव परीक्षणका लागि लहानस्थित सप्तऋषि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप