शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युट बीच सम्झौता

बिहीबार, ३० साउन २०७६, १९ : ०२
बिहीबार, ३० साउन २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरे । 

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिबृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले रा.वा.बैंकलाई नियालिरहेको बताए । 

उक्त सम्झौता भएपश्चात आ.ब. २०७६÷०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्स्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप