शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिजन अफ रियाको मुहूर्त

बिहीबार, ३० साउन २०७६, १७ : ४७
बिहीबार, ३० साउन २०७६

काठमाडौं– जनै पूर्णिमाको शुभ साईत परेर नयाँ फिल्म ‘रिजन अफ रिया’ सुरुवात गरिएको छ । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा मुहुर्तसँगै फिल्मको सुटिङ सुरु गरिएका हो । 

नविन अधिकारी, करणसिंह बोहरा, कसिस दाहाल, कृष्ण विसी, विकास थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझीको अभिनय रहने छ ।

धनेश्वर फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्न लागेका हुन् । 

उमेश गिरी, समीर श्रेष्ठ निर्माता, कुमारजंग कार्की सहनिर्माता रहेको फिल्ममा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकास चौधरीको संगीत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप