शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन यूवा समुह कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्वाचित

शनिबार, २८ साउन २०७४, २१ : ५९
शनिबार, २८ साउन २०७४

घनश्याम पराजुली


दोहा – कतारमा स्थापित समाजिक संस्था चितवन यूवा समुहको १४औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दोहाको शालिमार होटलमा सम्पन्न १४औं राष्ट्रिय अधिवेशनले बालकृष्ण पौडेलको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 


अधिवेशनबाट प्रथम उपाध्ययमा लाल बहादुर भट्ट, दित्तीय उपाध्यक्षमा श्याम भुषाल , महासचिवमा प्रकाश अर्याल, सचिवमा सुरज अर्याल , कोषाध्यक्षमा गोकुल तिमिल्सिना र सह–कोषाध्यक्षमा बिर बहादुर गुरुङ्ग सर्वसम्मत चयन भएका हुन । अधिवेशनले युवा संयोजकमा नवराज श्रेष्ठलाई चयन गरेको हो । त्यस्तै कार्यसमिती सदस्यहरुमा मधुलाल श्रेष्ठ , अनिश नकर्मी , श्यामभक्त ढकाल , राम बहादुर श्रेष्ठ , पुष्पराज पाठक , बिजय चौधरी , सतिश भट्ट , बालकृष्ण थापा , युवराज शर्मा , घनश्याम पराजुली र शान्ता थपलिया चयन भएका छन । 

अनेकतामा एकता ,चियूसको विशेषता भन्ने मुल नाराका साथ सन् २००१ मा कतारमा स्थापना भएको चितवन यूवा समूह कतारले प्रवास साथै मातृभुमीमा सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएको छ । संस्थाका अध्यक्ष भुमिराज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव शुरेष परियारले सन्चालन गरेका हुन । 

कार्यक्रममा  बोल्दै प्रमुख अतिथी सस्थाका सस्थापक अध्यक्ष तथा गैर आवासिय नेपाली संघका पुर्ब उपाध्यक्ष सागर नेपालले  नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य बनेको कतारलाई दोश्रो घर सम्झीनु पर्ने बताए । 

नेपालीहरुले खाडी मुलुकको  क्रमभुमीमा  लगनशिलताको उदाहरण दिएको बताउदै उनले भने – ‘प्रवासमा हाम्रीहरु अनुशासनमा रहि आफ्नो स्वास्थ्यको ख्याल गर्दै नेपालको पहिचान बनाउने काम गर्नुपर्छ ।’ चितवन युवा समूहले बिगतमा गरेको धेरै सामाजिक कार्यहरुको सम्झना गर्दै प्रमुख अतिथी नेपालले  संस्थालाई अझ प्रभावकारी ढंगले जिल्ला स्तरीय सबै संस्थाहरु , एनआरएनए कतार  र राजदुतावाससंग सम्वन्य गर्दै अघाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालको पर्यटन प्रवद्घन 
चितवन युवा समुह कतारको १४औ राष्ट्रिय अधिवेशनमा उपस्थित विभिन्न देश तथा समुदायका प्रतिनिधीहरुमाझ नेपालको पर्यटन प्रवद्धनका लागी  कार्यक्रम गरियो ।  पोष्टरहरु मार्फत नेपालको पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिएको थियो । 
चितवन युवा समुह कतारले पहिलो पटक संस्थाका कार्यक्रम मार्फत पर्यटन प्रवद्धनका गर्न सकिने उदाहरण पस्केको छ । उक्त कार्यक्रममा भारत , बंगालादेश , पाकिस्तान , फिलिपिन्स लगायतका समुदायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले नेपालको पर्यटन , कतारमा  कार्यरत नेपालिहरुको मानव अधिकार र स्वास्थ्य क्षेत्रमा  लगायतका सामजिक कार्यको लागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप