बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीयवासीले दले वडाअध्यक्षलाई कालोमोसो

बिहीबार, ३० साउन २०७६, १६ : ०२
बिहीबार, ३० साउन २०७६

जनकपुर– पर्सामा एक जनप्रतिनिधिले अपशब्द प्रयोग गरेपछि स्थानीयवासीले कालोमोसो दलेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासीले कालोमोसोसहित हातपात गरेका हुन् ।

वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेपछि आक्रोशित स्थानीयवासीले दुव्र्यवहार गरेको बताए । स्थानीय कृष्ण ठाकुरको अगुवाईमा वडा कार्यालयमा पुगेको समूहले वडाध्यक्ष चौहानमाथि हातपातसहित कालोमोसो दलेको हो । 

केही समय पहिले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारीमाथि पनि विकास निर्माणकै विषयमा विवाद हुँदा कुटपिट भएको थियो ।  विगत केही दिनदेखि पर्साका स्थानीयतहमा जनप्रतिनिधिहरुको कार्यशैलीप्रति स्थानीयवासीहरुको आक्रोश बढ्दै गएको छ । स्थानीय तहमा हुने भ्रष्टाचारका विरुद्धमा स्थानीयवासीहरु अगाडि बढ्दै गएका छन् । 

त्यसैगरी कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिराबहादुर थापालाई पनि कालोमोसो र चप्पलको माला लगाएर दुव्र्यवहार भएको छ । बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको थियो ।

कालोमोसो लगाउने समूहको पहिचान भइनसकेपनि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालोमोसोसहित हातपात गरेको हुन सक्ने आशंका प्रहरीको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी भन्छन्– ‘वडा कार्यालयमा भएको घटनामा विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ’, उनले अझै थप्दै भने– ‘कालोमोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’

वडाध्यक्ष थापामाथि विप्लव समूहले विद्यालयमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप