शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी भुसाल पुरस्कृत

शनिबार, २८ साउन २०७४, २१ : ४२
शनिबार, २८ साउन २०७४

प्यूठान – कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानको ३५ औं साधारण सभा तथा १५ औं जिल्ला अधिवेशनले रातोपाटीकर्मी राधिका भुासाललाई नगद राशी सहित प्रशंसापत्रले सम्मानित गरेको छ । उनी प्युठानबाट प्रकाशित हुने हाम्रो एकता साप्ताहिकका कार्यकारी सम्पादक सम्पादक समेत हुन् । 


प्यूठान जिल्लामा रहेर विकास पत्रकारिताको क्षेत्रमा प्रशंसनीय कार्य गर्दै आएकीले पत्रकार भुसाललाई पुरस्कृत गरेको कालिका विकास केन्द्रले जनाएको छ ।त्यस्तै, उक्त कार्यक्रममा जिल्लाको विकासका क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै आएका विभिन्न व्यक्ति तथा व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । हालै सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित प्यूठान नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु र जिल्लाका अन्य स्थानिय तहका पदाधिकारीहरुलाई समेत बधाइ तथा सम्मान गरेको छ । त्यस्तै, साहित्य क्षेत्र कलम चलाउदै आएका हाम्रो एकता साप्ताहिकका स्तम्भकार लिला पुनलाई नगद राशी सहित पुरस्कृत गरेको छ ।

भने, संस्थागत विकासमा योगदान पुर्याएका कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानका कार्यकारी निर्देशक राजेन्द्रराज भण्राडीलाई पनि सम्मान गरेको थियो । त्यसै बीच इस.इ.इ.मा जिल्लाबाट उत्कृष्ट अकं ल्याएका एक छात्रा र एक छात्र त्यस्तै जिल्लाको उत्कृष्ट युवा क्लव, सामुदायिक संस्थालाई समेत नगद राशीको पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरेको छ । 
बन्द सत्रबाट संस्थाको नयाँ नेतृत्व चयन गरिने संस्थाका अध्यक्ष भगत बहादुर कर्मचार्यले बताए । अहिले आफ्नै हल विजुवारमा बन्द सत्र कार्यक्रम चलिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप