शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेता तिवारीका श्रीमान् अभिनवले मुख खोले, सौतेनी छोरीको आरोपमा के भने ?

बिहीबार, ३० साउन २०७६, १२ : ५४
बिहीबार, ३० साउन २०७६

टेलिभिजन नायिका श्वेता तिवारीको जीवनमा उथल–पुथल चलिरहेको छ । नायक अभिनव कोहलीसँग उनको दोस्रो विवाहमा पनि समस्यामा आइरहेको छ । अभिनवमाथि सौतेनी छोरी पलकसँग दुर्व्यवहार र अभद्र टिप्पणी गरेको आरोप छ । अभिनवमाथि श्वेतालाई कुटपिट गरेको आरोप छ  । यो मामलामा अभिनव अदालतमा पेश भएका थिए । यद्यपि, अब उनी जमानतमा छुटेका छन् ।

विवादका बीच अभिनव कोहली एक शर्ट फिल्मको स्क्रिनिङमा पुगे । जहाँ उनले आफूमाथि लागेको आरोपबारे मुख खोलेका छन् ।

अभिनव कोहलीले स्क्रिनिङको क्रममा स्पटबोयसँग कुराकनी गरे । जब नायकलाई कस्तो छ भनेर सोधियो तब अभिनवले भने, ‘म ठिक हुँदै छु ।’

के यो मामलाले उनलाई तनाव दिइरहेको छ ? यसको जवाफमा अभिनवले खासै खुलेर भनेनन्, ‘यो हो...धेरै...मेरो लागि...यो अहिले नै समाप्त भएको छैन, अहिले पनि जारी छ ।’

अभिनव कोहलीलाई के उनी साधारण जीवनमा फिर्ता भइसकेका छन् भनेर प्रश्न सोधियो तब उनले भने, ‘जीवन चलिरहेके छ तर साधारण हुन थोरै समय लाग्नेछ ।’

जेलबाट फर्किएपछि के उनको श्वेता तिवारीसँग भेट भयो ? यसको जवाफमा अभिनवले भने, ‘हो, मैले उनलाई भेटेको थिएँ । यो मेरो पारिवारिक मामला हो ।’

यद्यपि, सौतेनी छोरी पलक तिवारीको आरोपमा अभिनवले केही पनि बयान दिएका छैनन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप