
चेतनले गीतमा भने ‘देशमा एउटा अर्को बुद्ध पठाइदेउ’

संगीतकार तथा गायक चेतन सापकोटाले ‘बुद्ध फर्काइ देउ’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । देश प्रेमले ओतप्रोत गीतमा शब्द पनि उनकै रहेको छ ।
मेरो देशमा एउटा अर्को महामानब पठाई देउ
जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाई देउ’
सापकोटाले गीतमा देशमा एउटा महानायकको आवश्यकता रहेको समेत औल्याएका छन् ।
‘देशमा अहिले चौतर्फी बिक्रिती छाएको छ’ सापकोटाले भने ‘ देशको बिकाशका लागि एउटा महान व्यक्तिको आवस्यकता छ । त्यही महसुश गरेर यो गीत बनाईएको हो ।’ चेतनले यो गीत २०६५ सालमै रेकर्ड गरेका थिए । गीत अहिले ल्याउनु सान्दर्भिक देखेर सार्वजनिक गरिएको सापकोटाले बताए ।
गीतको भिडियो समेत बनाइएको छ । भिडियोमा गंगाराम सापकोटाको छायांकन र बिकाश दाहालको सम्पादन छ । भिडियो चेतन आफैल निर्देशन गरेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ