शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रावसी नेपालीको माया –खोटाङ सेवा समाज कतारका भट्टराइलाई सम्मानसहित यस्तो विदाई

शनिबार, २८ साउन २०७४, २१ : ३२
शनिबार, २८ साउन २०७४

रुद्र शर्मा 

कतार – खोटाङ सेवा समाज कतारका कार्यसमिती सदस्य  किशोर भट्टराईलाई संस्थाले बिदाई तथा सम्मान गरेको छ । गत ४ अगस्ट २०१७ शुक्रबारका दिन दोहाको मुन्ताजा पार्कमा आयोजित एक कार्यक्रमका बिच समाजका कार्यसमिति सदश्य भट्टराईलाई बिदाइ तथा सम्मान गरिएको हो । लामो समय देखि कतारलाई कर्म थलो बनाउदै आएका भट्टराई समाजका हरेक गतिविधिमा प्रत्यक्ष संलग्न थिए ।

कतार बसाइलाई बिट मार्दै नेपाल फर्कन लागेका भट्टराईलाई  समाजले सफल जिवनको शुभकामना दिएको छ । बिदाई कार्यक्रममा बोल्ने सस्थाका सल्लाहाकार चन्द्र सेर राइले समाजमा खोटाङ सेवा समाजसँगको सकरात्मक साइनो जोड्ने एउटा पुलको काम गरेको बताएका थिए । सदश्य किशोर भट्टराईले सस्था प्रति गरेका योगदानको प्रसंसा गर्दै कतारलाई छाडेर गए पनि समाज सेवामा लागि खटिरहन आग्रह गरेका थिए  ।

भाबुक मुद्रामा प्रस्तुत भएका भट्टराईले समाजले गर्दा नै आफनो इस्टमित्र बढेको र आजको यस सम्मानले आफुलाई झन् सामाजिक सेवा गर्ने जिम्मेवारी थपेको बताए । नेपालमा रहदा पनि यस समाज र समाजले अगाडि सारेका सबै सामाजिक कार्यहरुमा सधैं सकृय रहने उनले स्पस्ट पारे।
समाजसंग जोडिएका हरेक पल आफनो लागि जिबनमा अविस्मरणीय हुनेछन भन्दै आफुले कतारलाई धेरै सम्झिरहने बताउँछन । उपाध्यक्ष्य रुद्र शर्माले संचालन गरेको कार्यकर्मको समापन गर्दै कार्यक्रमका सभापति तथा खोटाङ सेवा समाज कतारका अध्यक्ष्य तिला बहादुर खत्रीले घरदेश फर्कदै गरेका भट्टराईको स्वदेस बसाई सदा सुखमय रहोस् भन्दै सफल यात्राको कामना गरेका थिए  ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप