केन्द्रीय संस्करण

बाणिज्य बैंकमा सवैभन्दा अगाडि राष्ट्रिय बाणिज्य बैंक, ५३२ करोड नाफा कमाउन सफल

person explore access_timeसाउन ३०, २०७६ chat_bubble_outline0

काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ५३२ करोड नाफा कमाउन सफल भएको छ । बैंकले सवैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ अर्थात ४५.६१ प्रतिशतले वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेको छ । 

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो बर्ष यसलाई बढाएर ५ अर्ब ३२ करोड पुर्याएको छ । 

बैंकले खुद व्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ११ करोड रुपैयाँ थियो।  बैंक अरु बैंकभन्दा निक्षेप संकलन र ऋण लगानीमा आक्रामक देखिएको छ। सर्वसारधाण तर्फको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ संकलन गरि एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। 

अघिल्लो वर्ष बैंकले एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १७ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको पूँजीकोष अनुपात १३.२० प्रतिशत छ। त्यसैगरीm हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३.९० प्रतिशत रहेको छ । एनआईडिसी डेभलपमेन्ट बैंकलाई गाभेसँगै बैंकको खराब कर्जा बढेको थियो । 

बैंकले आधार व्याजदर थप ६.२० प्रतिशतबाट ५.५० प्रतिशतमा झारेको छ। बैंकले स्प्रेडदर ४.९५ प्रतिशतबाट ४.४६ प्रतिशतमा झारेको हो। बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ। 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.