मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

५९ किलो गाँजासहित २ जना पक्राउ

बिहीबार, ३० साउन २०७६, ११ : ४०
बिहीबार, ३० साउन २०७६

हेटौंडा । जिल्ला प्रहरी मकवानपुरले ५९ किलो ५८० ग्राम लागु औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ। 

प्रहरी निरीक्षक पवन कुमार झा नेतृत्व टोलीले  साउन २९ गते दिउँसो पालुङ्गबाट वीरगञ्जतर्फ जाँदै गरेको बा५ख १८२५ नम्बरको मिनिट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो परिणामको गाँजा बरामद गरेको हो । 

चालकको सिटमुनि फल्सबटम बनाई वटा पोका बनाएर लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त गाँजासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ट्रक र गाजासँगै उक्त मिनिट्रकका चालक मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने बर्ष २० का भीमसेन मोक्तान र उक्त ट्रकमा सवार कैलाश गाउँपालिका–६ का बर्ष २६ का रोशन लामा पक्राउ परेका हुन् । 

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको  मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । 

लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुर प्रमाणित भएमा निजहरुलाई २ देखि १० बर्षको जेल सजाय र १५ हजार देखि १ लाख सम्म जरीवानाका साथै ट्रक जफत हुनेछ । 

यसैगरी जिल्ला प्रहरी मकवानपुर अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय नेवारपानीले हेटौडा उपमहानगरपालिका–१९ मा अबैध ओसारपसार गर्ने उद्देश्यले कालो प्लास्टिकमा प्याक गरि धान खेतमा राखिएको ५३ केजी गाँजा बरामद गरि थप अनुसन्धान भैरहेको जनाएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप