शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिक्षु महिलाको कार्यक्रममा पुगेर विद्या सुन्दरले मेट्रो रेलको सपना यसरी बाँडे

शनिबार, २८ साउन २०७४, २१ : ०५
शनिबार, २८ साउन २०७४

काठमाडौँ – काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्र मेट्रो रेल निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । महिला बौद्ध समूहले आज आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रभित्र मेट्रो रेलका लागि उपयुक्त स्थानको खोजी तथा सम्भाव्यताको अध्ययन भइरहेको बताए । 

महानगर क्षेत्रमा विस्तार गर्न लागिएको सडक तथा बढ्दो सवारी चापका कारण अहिले धुवाँ, धुलो तथा ढलको समस्या रहेको बताउँदै उहाँले मेलम्ची खानेपानी आयोजना चाँडो पूरा गरी ती समस्या समाधान गरिने जानकारी गराए । 

अन्तर्राष्ट्रिय युवा भिक्षु महासंघका उपाध्यक्ष भिक्षु तपस्सी धम्मले भूकम्पका कारण महानगरभित्र रहेका प्राचीन महत्वका सम्पदा स्थल जीर्ण बन्दै गएको र तीनको छिटो संरक्षण गर्न आग्रह गरे। 

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला सशक्तीकरण नभइकन सामाजिक रुपान्तरण असम्भव रहेको बताउँदै स्थानीय विकास निर्माणमा सम्बन्धित वडालाई सक्रिय बनाउने गरी गृहकार्य भइरहेको बताए । 

कामनापा– १२ का वडाध्यक्ष विकास महर्जन लगायतले जीर्णोद्वार भएका विभिन्न सम्पदास्थल तथा अन्य स्थानको पुनःनिर्माणमा पनि सरकारको सहयोगी भूमिका हुनुपर्ने बताए । 

महिला बौद्ध समूहका अध्यक्ष श्रीमिला सुवालले त्यस स्थानमा समयसमयमा सामाजिक कार्यक्रमका अतिरिक्त बौद्ध उपदेश फैलाउन विभिन्न गतिविधि गरिँदै आएको बताए। 

सोही कार्यक्रममा परीक्षामा राम्रो नतिजा ल्याएका बौद्धबारीस्थित स्थानीय ६५ विद्यार्थीलाई सम्मान तथा उत्कृष्ट १० लाई पुरस्कार वितरण गरिएका थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप