बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आज जनै पूर्णिमाः यस्ता छन् जनै लगाउँनुको शाष्त्रिय महत्व र वैज्ञानिक कारण

बिहीबार, ३० साउन २०७६, ०६ : २१
बिहीबार, ३० साउन २०७६

 जनै लगाउँने मन्त्र 

यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । 

आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।

 
पुरानो जनै त्याग गर्ने मन्त्र 

एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।

जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

 
पुरानो जनै त्याग्ने निर्णय 

सूतके मृतके चैव गते मासचतुष्टये ।

नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।।

 यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी,महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरिएकोछ ।

 विशिष्ट अभिप्राय,मर्यादा र एक पावन सन्देश छ । यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहां तीन संख्याको ठूलो महत्व छ । ब्रह्मा, विष्णु र महेस्वर सत्व, रज र तम तीनगुण, पृथ्वी अन्तरिक्ष र द्यूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ । 

जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि  यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।

जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।

तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ  त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात् शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रहृमचर्य पालन, गुरूजनहरूको आदर सत्कार, अहिंसा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु । जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ ।

 तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बांधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउंदछन्  कि हामीले यस संसारबाट निस्कनु छ र मुक्त हुनु छ । सन्यासि रुप धारण गर्दा संसारबाट माया,मोह र ममता त्यागिन्छ यस कारण ‘संन्यास आश्रममा’ जनै फुकालिन्छ ।

 जनै र ‘गायत्रीमन्त्रको परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर९परमाणु०को सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन् ‘तत्सवितुर्वरेण्यम्’  ‘भर्गो देवस्य धीमहि’  ‘धियो यो नः प्रचोदयात’ ।

 शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि ‘स्थूल’ ‘सूक्ष्म’ र‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो ।

 ‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’ तीन साधन छन् । यी तीन साधनको रहस्य बुझेर तदनुसार आचरण गरी परमात्मा ९तत्वज्ञान० प्राप्त गर्नु पर्छ ।

जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन्  त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ । त्यसैगरि जनैका तीन सूत्रले परमात्मा जीवात्मा र प्रकृति यी तीन अनादि सत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । जनै धारण गरेका व्यक्तिले परमात्मा के हो त्यसको स्वरूप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरूलाई जान्ने प्रयत्न गर्नु पर्दछ । यसैगरी म को हुं,कहांबाट आएको हुं, मलाई कहां जानु छ र मेरो जीवनको लक्ष्य के हो रु इत्यादि  आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ यस रहस्यलाई हृदयंगम गरी जनै धारण गर्दछ भने त्यस व्यक्तिको जनै धारण गर्नु सार्थक हो भन्ने सन्देशपनि दिई रहेको छ ।

 जनैका तीन सूत्रहरूको एक अर्को साह्रै महत्वपूर्ण कुराको रहस्य समेत लुकेर रहेको छ, जसको यहां समुद्घाटन गर्नु उपयुक्त छ । प्रत्येक मनुष्यलाई जन्मदै देखि तीनवटा ऋण लागेका हुन्छन् ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’ प्रत्येक यज्ञोपवीत धारी व्यक्तिले यी तीन ऋणबाट मुक्त हुने वा तीन ऋण हुने निरन्तर प्रयत्न गर्नुपर्दछ । माता९पिताले जन्म दिएर लालन९पालन गरी सन्तानलाई हुर्काउछन् । उनिहरूको सेवा सुसार गरेर यो ऋण केही अंशसम्म तिर्न सकिन्छ । यसै कारण उपनिषदका ऋषिहरूले ‘मातृदेवो भव’ र ‘पितृदेवो भव’ भनेर उपदेश गरेका छन् ।

 सामान्य रूपले ‘देव’को अर्थ ईश्वर हो तर इश्वर प्राप्ति कहां र कसरि हुन्छ भन्ने सवाल अष्पष्ट पारिएको छ । करूणामय ज्ञानमा ईश्वरत्वको असीम अनुकम्पा लुकेको हुन्छ । समाजिक रुपान्तरण र जनहीतप्रति ईमानदार रहेर नित्यनियम र ध्यानपूर्वक कार्य गर्नु, चिन्तन गर्नु र उपासना गर्नु ‘ब्रहृमयज्ञ’ कहलाउंछ यसैलाई‘देवयज्ञ’ पनि भनिन्छ ।

 ब्रहृमादेखि महर्षि जैमिनि र दयानन्द सम्मका सच्चा त्यागी(तपस्वी र वीतराग ऋषि)महर्षि तथा विद्वानहरू जसले शाश्वत वैदिक संस्कृति र सभ्यतालाई हामीसम्म सफलतापुर्वक ल्याईपुर्या्एका छन् यसले आधुनीक समयमा पनि हामीलाई मार्गदर्शन गरिरहेका छन्, अवको हाम्रो कर्तव्य भनेको उनीहरूले दिएको विद्या पढेर,वेदहरूको स्वाध्याय गरेर समय सापेक्ष ढंगवाट प्रचार९प्रसार गरी ज्ञानगङ्गालाई प्रवाहमान राख्नु र ‘ऋषिऋण’ बाट तीन ऋण हुने कार्य गर्नु हो ।

 त्यसैगरि, जनैका तीन डोरा ब्रहृमग्रन्थि अथवा शिखाद्वारा परस्पर बांधिएका हुन्छन् । यसले के बोध गराउंदछ भने मनुष्यका लागि ज्ञान, कर्म र उपासना यी तीन साधन ईश्वरत्व प्राप्तिका आधारहरु हुन् । जनै धारण गरेर मनुष्य कामना गर्दछ कि म ज्ञान, कर्म र उपासनाद्वारा ईश्वरत्व प्राप्त गर्न सकुं, म जागृत, स्वप्न र सुषुप्ति अवस्थालाई पार गरेर तुरीय अवस्थामा व्रहृमसंग मेल गर्न सकुं र जीवनको उद्देश्य पूरा गरुं ।

स्वीट्जरल्यान्डका स्थायी बासिन्दा ‘रुडोल्फ होगर’ले हिन्दू धर्मावलम्बी तागाधारीहरुले लगाउने जनै र यसको ऐतिहासिक पक्षलाई समेटेर ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । पुस्तकमा जनै, यसको धार्मिक एवं ऐतिहासिक महत्व र आधुनिक समाजमा मानिसको मनोवैज्ञानिक पक्षलाई पार्ने सकारात्मक प्रभावलगायतका विषयहरुलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । होगर’ले जनैलाई दी पावर अफ ट्रीनिटी को रुपमा व्याख्या गरेका छन् ।

 वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ । 

के के कारणले जनै लगाउनाले मानिसको स्वास्थ्यलाई सकरात्मक प्रभाव पार्छ   

-यसले हृदय रोगको सम्भावनालाई कम गर्छ ।

-चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । 

-पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ ।

-निन्द्रामा भुत प्रेत आदिबाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ ।

-काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

-यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ ।

-यो रेखा दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ ।

जसको कारण काम क्रोधमा नियन्त्रण राख्न सजिलो हुने विश्वास गरिन्छ । जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् । जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ ।  अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन विहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरु गरिन्छ ।  

 

सन्द्रर्भ साभग्रीहरु:

सामवेद

अथर्ववेद

यजुर्वेद

हाम्रो डक्टर 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप