शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले मलेसियामा मैत्रीपूर्ण फुटबल खेल्ने

बुधबार, २९ साउन २०७६, २३ : ४२
बुधबार, २९ साउन २०७६

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहार डारुल टाजिम एफसीसँग भदौं ९ गते मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलाउन लागेको हो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म सञ्चालन हुनेछ । नेपालले छनोट चरणको पहिलो खेल ५ सेप्टेम्बरमा कुवेतसँग खेल्दैछ । कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा हुनेछ । यसैगरी नेपालले सेप्टेम्बर १० मा चाइनिज ताईपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ ।

नेपालले चाईनिज ताईपेईसँग सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ तारिखमा दशरथ रंगशालामा खेल्नेछ । नेपालले अष्ट्रेलियासँग आगामी अक्टोबर १० मा अवे खेल खेल्नेछ । घरेलु मैदानमा भने अष्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा खेल्नेछ । विश्वक खेलिसकेको अस्ट्रेलिया नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो । नेपाली टोली विश्वकप छनोटका लागि अहिले प्रशिक्षणमा ब्यस्त छ । टोलीका प्रशिक्षक येहान कालिनले प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेर तरायी गराई रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप