केन्द्रीय संस्करण

युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने

personaccess_timeAug 14, 2019 chat_bubble_outline0

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन् । चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था निकै राम्रो रहेकाले अब उडानमा रोक लगाइरहनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

उडानमा लगाइएको रोक फुकुवा गराउने सम्बन्धमा आफुले छलफल र वार्ता गरिरहेको भन्दै उनले छिट्ट्ै युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड विश्वमा सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६ दशमलव ५ प्रतिशत रहेकाले अब उडानमा रोक लगाउनुपर्ने कुनै औचित्य नरहेको बताए ।

ईयुले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउँदै आएको छ । मन्त्री भट्टराईले हालै मात्रै हिमालयन एयरलाईन्सलाई चाईनाका थप गन्तव्यका लागि र श्री एयरलार्ई दिल्ली, कोलकोत्ता, अहमदावाद र  ढाका उडानका लागि अनुमति दिएको जानकारी दिँदै सरकार सधै नीजि क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्याराहरु खोल्न तयार रहेको बताए । उनले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कका बारेमा मन्त्रालयले छिटै सरोकारवालासँग छलफल गर्ने तयारी गरेको जानकारी पनि दिए ।

मन्त्री भट्टराईले नेपाल आउने पर्यटकको साथै सबै यात्रुको सम्मान होस् भन्नका लागि सबैमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र र तहका कर्मचारीलाई तालिम दिने तयारी मन्त्रालयले गरेको बताए । 

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ट्राफिकका कारण जहाजलाई धेरै समय आकाशमा होल्ड गराउने र लगेज लिन समय लाग्ने समस्याको सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी विमानस्थलभित्र रहेको ड्युटी फ्रिलाई प्रभावकारी बनाउन पनि आग्रह गरे ।  चेम्बरले पर्यटन बर्ष नजिकिँदै गर्दा पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका विषयमा अन्तरक्रिया गरेको हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...