शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ्ग च्यान्पियनशिप २०१९आयोजना हुने

बुधबार, २९ साउन २०७६, १८ : ५०
बुधबार, २९ साउन २०७६

काठमाडौं– पर्यटन वर्ष सन् २०२०लाई लक्षित गरि “प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ्ग च्यान्पियनशिप २०१९” आयोजना हुने भएको छ । 

हेल्पिङ्ग क्यापको आयोजना र नेप्लिज फेडे«शन अफ बडिविल्डिङ्ग एण्ड फिटनेश र ललितपुर डिष्ट्रिक बडिविल्डिङ्ग एण्ड फिटनेश एशोसियसनको साझेदारीमा यो प्रतियोगिता आगामी भाद्र १३ र १४ गते  ललितपुरको अग्नि पार्टी प्यालेस कुमारीपाटी र भाद्र १४मा ललितपुर स्थित हेरिटेज गार्डेन सानेपामा निर्णायक खेल प्रतियोगिता आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नेपाल क्लासिक बडिविल्डिङ्ग च्यान्पियनशिप २०१९ मा सातै प्रदेशबाट करीब १५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । आकर्षक पुरस्कार क्रमश प्रथम हुनेलाई स्वर्णपदक सहित रु.पाँच लाख, दोस्रो हुनेलाई रु.२ लाख ५० हजार सहित रजत पदक, तेस्रो हुनेलाई रु.२ लाख सहित कास्य पदक प्रदान गरिने र चौथोदेखि १० हुने विजेतासम्मलाई प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए । 

प्रतियोगिता भाद्र १३ मा प्रिजजिङ्ग राउण्ड ललितपुरको अग्नि पार्टी प्यालेस, कुमारीपाटी र भाद्र १४ मा ललितपुर स्थित हेरिटेज गार्डेन, सानेपामा निणार्यक खेल प्रतियोगिता हुनेछ । बडिविल्डिङ्ग खेल मानव स्वास्थ्यता, शारीरिक सौष्ठवता, म्याचो पर्सनालिटी सुनिश्चित रहेको नेपाल लगायत आधुनिक विश्वमा अधिकांशले रुचाउने र लोकप्रिय बन्दै गएको नेप्लिज फेडे«शन अफ बडिविल्डिङ्ग एण्ड फिटनेश (एनएफविएफ) अध्यक्ष तथा जर्ज तथा खेलकुद परिषद्का पूर्व सदस्य शिवलाल श्रेष्ठले बताए । 

सातै प्रदेश तथा नेपाली नागरकि र गैर आवसीय नेपालीले सहभागि हुने पाउने तौल समूहमा विभक्त नभएको यस प्रतियोगितामा स्तरीय, उत्कृष्ट खेलाडीहरुको गुणात्मक सहभागिता रहने भएकोले प्रतियोगिता रोचक एवं स्तरीय हुने आयोजको दावी छ । यस प्रतियोगितामा सहभागि हुनका लागि भाद्र १३ गते बिहानसम्मलाई समय सिमा आयोजकले जनाएको छ । 

आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउँदै अर्थिक गतिविधि बढाउन यस प्रतियागिताले थप सहयोग पुग्ने विश्वास लिएको छ । वर्ष सन् २०२० लाई खेल मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यकासाथ आगामी वर्षमा पनि ठूलो स्केलमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । 

कार्यक्रममा जर्ज अजय बज्राचार्य, सस्थाका उपाध्यक्ष रुपेन महर्जन, ग्रिन आर्ट मिडियाका प्रबन्ध निर्देशक प्रविण लाकौलले कार्यक्रम सञ्चालन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप