बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा घुसे लश्करका आतंकी : दिल्लीदेखि मुम्बईसम्म हाई अलर्ट

सोमबार, १५ जेठ २०७४, १६ : १७
सोमबार, १५ जेठ २०७४

भारतमा लश्करे–तैयबाका २० देखि २१ जना अतंकवादी घुसेको खबर प्राप्त भएपछि राजधानी दिल्लीसहित मुम्बई, राजस्थान, पञ्जाबमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।
दिल्ली प्रहरीले यसबारे एक एडवाइजरी नै जारी गरेको छ ।


समाचार एजेन्सीका अनुसार दिल्ली प्रहरीको स्पेसल सेलको तर्फबाट यो एडवाइजरी जारी गरिएको हो ।

जसमा जिल्ला, मेट्रो र रेलवे प्रहरीको युनिटलाई अलर्टमा बस्न भन्दै बजार, धार्मिक स्थान, मल, मेट्रो र रेलवे स्टेसनमा सुरक्षा व्यवस्था चुस्त राख्न भनिएको छ ।

एडवाइजरीमा प्रहरीलाई हाई अलर्ट बस्न र सन्दिग्ध व्यक्ति, वस्तु, गाडी आदिमा नजर राख्न र जाँच गर्न भनिएको छ ।

प्रहरी स्रोतका अनुसार लश्करका आतंकीहरुले दिल्ली, मुम्बई, राजस्थान वा पञ्जाबमा घटना घटाउन सक्ने सूचना प्राप्त भएको छ ।

एडवाइजरी जारी भएपछि दिल्लीको सुरक्षा व्यवस्था कडा परिएको छ । संवेदनशील मानिएका क्षेत्रमा पिसिआरका १० वटा भ्यान तैनाथ गरिएको छ जसमा राष्ट्रिय सुरक्षा गार्ड र कमाण्डो फोर्स रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमराज दाहाल
खेमराज दाहाल

खेमराज राजनीतिमा विशेष चासो राख्ने गर्दछन् 

लेखकबाट थप