शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूरोपेली डेमोला ग्लोबल नेपालमा, किंङ्गस् कलेजसँग साझेदारी

बुधबार, २९ साउन २०७६, १८ : ०४
बुधबार, २९ साउन २०७६

काठमाडौं– विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल नेपाल प्रवेश गरेको छ ।

निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुका लागि समस्याको पहिचानका साथसाथै नवप्रबर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको हो । काठमाडांैमा एक समारोहबिच उक्त सम्झौताको घोषणा भएको छ ।  

हालसम्म विश्वको १६ वटा राष्ट्रहरुमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुले भोगिरहेको वा भविष्यमा भोग्न सक्ने समस्याहरुको पहिचान तथा उपायको खोजी गर्दछ । 

डेमोला ग्लोबलका अनुसार निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुको समस्यामा उक्त संस्थाको कर्मचारी तथा विद्यार्थीहरु मिलेर आठ हप्तासम्म काम गर्दछन् जसको पहिलो चरणमा कम्पनी वा संस्थाहरुको समस्याहरुको पहिचान हुन्छ भने दोश्रो चरणमा सो समस्याको सम्भाब्य नविन र श्रृजनात्मक समाधानका विकल्पहरुको खोजी गरिन्छ । 
 
किंङ्गस् कलेजले दिएको जानकारीअनुसार कार्यसंचालन सुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँचवटा नेपाली संस्थाहरुबिच सहकार्य सहमतीमा हस्ताक्षर भएको छ । यसरी सम्झौता गर्ने संस्थाहरु अन्नपूर्ण मिडिया नेटवर्क, यङ्ग इनोभेसन, काठमाडांै महानगरपालीकाको शहरी योजना आयोग, कथा नेपाल र नेक्स्ट भेन्चर्स कर्प हुन् । 

“यस प्रयासले हाल विद्यमान नेपाली शैक्षिक संस्था तथा समाज एवं सरोकारवाला संस्थाहरुबिचको दूरी कम गर्न मद्धत गर्ने विश्वास लिएका छांै,” कलेजका प्राचार्य नरोत्तम अर्याल भन्छन् ।

डेमोलाका अनुसार विद्यार्थी र सम्बन्धित कम्पनी वा संस्थाको कर्मचारी बाहेक यस परियोजनामा डेमोला ग्लोबलका विज्ञहरु तथा विश्वविद्यालयका प्राध्यापकहरुले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । 

नेपालस्थित फिनीस दूतावासकी काउन्सलर काटी भोसले विशेषत औधोगीक क्षेत्रले भोगिरहेका आधुनीक समयको समस्या समाधानको लागि शिक्षामा आधारित अनुसन्धानमाथि जोड दिइन् । 

डेमोला ग्लोबलको उपाध्यक्ष पेका सिल्भनले डेमोला ग्लोबललाई नेपालमा भित्राउन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीसँगै विश्वब्यापी सञ्जाललाई थप बलियो बनाउँदै नेपाली समाज, कम्पनी तथा संस्थाहरुको लागि ज्ञान, अनुभव तथा समस्या समाधानको संयुक्त पहलको विधिलाई नेपालमा चिनाउन पाउने बताए ।

परियोजना संयोजक स्वेच्छा राजभण्डारीले परियोजनाअन्तर्गत कम्पनी वा संस्थाका कर्मचारीसँग मिलेर समस्या समाधान गर्ने क्रममा विद्यार्थीहरुले औपचारीक अध्ययन सक्नुअघि नै आफ्नो क्षमता प्रमाणित गर्ने बताईन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप