शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीले दाउन्ने स्थित सडकखण्डको करिब ४० मिटर भासिएपछि भीर खोपेर डाईभर्सन बनाईदै (हेर्नुस तस्वीर)

शनिबार, २८ साउन २०७४, १९ : ४५
शनिबार, २८ साउन २०७४

परासी – रातीदेखि नै ठप्प रहेको याताया सुचारु गराउन दाउन्नेमा डाईभर्सन निर्माण गर्न थालिएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा करिब ४० मिटर भत्किएको हाईवेका कारण रातीदेखि नै अवरुद्ध रहेको यातायातलाई सुचारु गराउन पहाडको भिरलाई कोपेर डाईभर्सन निर्माण गर्न थालिएको हो ।


हिजो शुक्रबार विहानदेखि परिरहेको भारी बर्षाले जिल्लाको बर्दघाट नगरपालिका ४ स्थित दाउन्नेको एस मोड पुर्व एक किलोमिटरको दुरीमा करिब ४० मिटर हाईवे भांसिएर भत्किएपछि यायायात अवरुद्ध भएको थियो । हाईवेको चौडाईका ७५ प्रतिशत भाग भाँसिएर भत्केको छ भने बाकी २५ प्रतिशत पनि चर्किेएर भाँसिने क्रममा रहेको प्रहरीले जनाएको छ ।

जोखिम बाटोले मानविय क्षति नहोस भनि मोटरसाईकल पनि हिडालिएको छैन । बाटो भाँसिएर विहानदेखि भत्किदै गएको छ ।
लागातार वर्षाले दाउन्ने र दुम्कीबासमा बाटो भत्किेने र पहिरो झरने क्रमम चली नै रहेको छ । बाटोमा अलपत्र परेका यात्रुहरुको ज्यान जोखिममा पर्न थालेपछि जिल्ला प्रशासनले बाटो खुलाउन डाईभर्सन निर्माण कार्यमा तिब्रता दिएको जनाएको छ  । डाईभर्सन बनाएपछि ग्रावेल खसालेर मात्र सवारी साधनलाई आवतजात गराउन सकिन्छ नत्र चिप्लेर दुर्घटना हुन सक्ने प्रहरीको भनाई छ । रातीदेखि नै अलपत्र परेका केहि यात्रीहरु कतै पहाड त कतै हाईवेको ३ घण्टाको पैदल हिडाईले पश्चिम बर्दघाट पुर्व दुम्कीबास बजार पुगी भैरहेको सवारीसाधनबाट आ–आफनो यात्रा गरिरहेका छन् भने अधिकांश यात्रुहरु 
अलपत्र परेका छन् । डाईभर्सनको काम तिब्र रुपमा भैरहेपनि आज राती पनि यातायात सुचारु हुन हुन सक्ने सम्भावना कम रहेको अधिकारीहरु बताउँछन् । 


त्यसैबिच पानीकै कारण दाउन्ने र दुम्कीबासको विभिन्न ठाउँमा ठुला ठुला पहिरो पनि गएका छन् । सवारी साधन एवं यात्रीहरु जताको ततै फंसिएको अवस्था छ । अहिलेपनि दाउन्ने र दुम्कीबास डाँडामा पानी परीरहेको छ जसले पहिरो, माटो, ढुङ्गा र रुखहरु ढलीरहेका छन् । सवारी साधन र यात्रीहरु जताततै बाटोमा फंसेका छन् । डाईभर्सन र पहिरोले अवरुद्ध भएको बाटो खुलाउन ३ देखि ४ घण्टासम्म लाग्ने प्रहरीले बताएको छ । डाईरभर बनाउन र पहिरो पन्छाउन ३ वटा डोजर लगाइएको छ । डाईभर्सनको निर्माण कार्य तिब्र रुपमा भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप